| आइतवार, कार्तिक २२, २०८३

गोरखाको सडकका लागि संघीय सरकारबाट १ अर्व ६९ करोड

चालु आर्थिक बर्ष २०८१/८२ मा गोरखाको बिभिन्न सडकका लागि संघीय सरकारले १ अर्व ६९ करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ । गोरखा सडक योजना कार्यालयले कार्यान्वयन गर्नेगरी १ अर्व १५ करोड ९६ लाख रकम विनियोजन भएको हो ।

११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडकका लागि २१ करोड २४ लाख रुपैयाँ विनियोजन भएको कार्यालय प्रमुख अमिन्द्र खड्काले बताए । बेनिघाट आरुघाट लार्केभन्ज्याङ सडकका लागि ३७ करोड रकम विनियोजन भएको उनले जानकारी दिए । ‘त्यो सडकका लागि भनेर हाम्रो कार्यालयलाई ३० करोड आयो,’ उनले भने, ‘नेपाली सेनाले कार्यान्वयन गर्नेगरी ७ करोड २३ लाख रकम विनियोजन भएको छ ।’

स्थानीय सडक पुल निर्माण अन्तरगत गोरखाको गण्डकी गाउँपालिका बुटार र चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटार जोड्ने त्रिशुली नदी माथिको मोटरेवल पुलका लागि २ करोड रकम विनियोजन भएको छ । रणनीतिक सडक पुल अन्तरगत अजुवा खोला पुलका लागि २५ लाख विनियोजन भएको छ ।

बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत ५४ वटा योजनामा ६२ करोड ४७ लाख रकम विनियोजन भएको कार्यालय प्रमुख खड्काले बताए । जसअन्तरगत गोरखा बिमलनगर पौवाटार ठाँटीपोखरी केराबारी दुधपोखरी सडकका लागि २ करोड ६९ लाख, धावा कोयाभन्ज्याङ भिमसेन थापा ४ र २ जोड्ने सडकका लागि १ करोड २८ लाख, फलामे अबण्डा बिरुवाटारका लागि १ करोड, फिनामटार चैनपुर भच्चेक सडकका लागि १ करोड २८ लाख र सातदोवोटो जोगिडिही बागडाँडा पन्थिनी गाईखुर सडकका लागि १ करोड विनियोजन भएको छ ।

रामशाहघाट मनकामना बजार जुम्ली चौतारा तिनमाने सडक र पालुङटार हर्मी छोप्राक गाँखु श्रीनाथकोट जौवारी मुच्चोक सिम्जुङ घ्याच्चोक बारपाक सडकका लागि १ करोड ६२ लाखका दरले रकम विनियोजन भएको छ । अजिरकोट सिरानडाँडा घ्याच्चोक धन्सिरा बारपाक लाप्राक सडक निर्माण, बुट्टार मकैसिङ साँधिखोला सडक स्तरोन्नती तथा कालोपत्रे, छेवेटार अमलापानी लामागाउँ बेनिखोला बेलौते जरेवर सडक, समिफेद डुम्रेडाँडा पाथिभरा अस्पताल आँपपिपल भन्ज्याङ मड्किलो कटहरे सडक र बेनिघाट, धवादीघाट, ज्यामिरेघाट, फिस्लिङ, बुट्टार हुँदै रबर उद्योग सडकका लागि १/१ करोड रकम विनियोजन भएको छ ।

यता ढोडेनी सौरपानी भण्डारी गाउँ सडक, कटहरे मड्किलो नर्सरी सिम्पानी बिमिरे सडक र आरुघाट आरुपोखरी देउराली ताकुकोट चनौटे जौवारी सडकका लागि १ करोड ६२ लाखका दरले रकम विनियोजन भएको छ । धार्चेको भी.सी. थमन मार्ग, झिंगटे अश्राङ बोर्लाङ आरुघाट सडक, आहालेभन्ज्याङ खान्चोक भन्ज्याङ कोया भन्ज्याङ सडक, कोयापानी ताराखसे सिमलफेद दुल्लभ मार्ग र भिमसेन थापा चक्रपथ सडकका लागि १ करोडका दरले रकम विनियोजन भएको छ ।

लक्ष्मीबजार लुदीखोला तिनमाने बतासे फुजेल भैरवस्थान दलभन्ज्याङ सानो दर्वुङ वेनिगाउँ सिउरेनीटार सडक, सिरानडाँडा सिस्ने अपुन सडक, जोर्ती चौतारा बेलबास चापाभन्ज्याङ आँपपिपल अस्पताल सडक, चनौटे ताकु देउराली आरुपोखरी आरुघाट सडक, झ्याल्लाफाँट थानिथान मादले भच्चेक धादिगगैरा काफलडाँडा सडक, बिरेन्चोक बर्थाेक सुलीदेउराली कुरिनटार छापागाउँ सिर्दिखोला आल्पानी अमरिया रिप सडक, देउलीघाट रातमाटे मुलाबारी तिलारमभन्ज्याङ कमल्टार भोटेकाटे ओप्री लुइँटेल सडक र सिर्दिवास फिलिम चुम्चेत छेकम्पार ङुइला भन्ज्याङ सडकका लागि पनि १/१ करोड रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।

यता एक करोड रकम विनियोजन भएका योजनाहरुमा सोती मान्वु काशिगाउँ केरौजा दोभान सडक, चारघरे लाजिकोट लुईटेल सडक, बारपाक लाप्राक गुम्दा माछिखोला सडक, बागडाँडा लाजिकोट लुईटेल भन्ज्याङ सडक नाङ्गे ठुलाखेत धावा ४ वडा कार्यालय सडक, छोटेटार रामपुर खाल्थोक सानो दर्वुङ ज्याजा लाङ्घालीचोक सडक र मझुवा याङ्कोट गोप्लिङ अकला मन्दिर धुवाकोट च्याङली नयाँ पुल सडक (कालोपत्रे) रहेका छन् ।

भण्डारथोक बयपानी केरावारी बुधसिंहटार खरिबोट हुदैँ दुधपोखरी सडकका लागि २ करोड ६९ लाख, बेनिघाट सिउरेनीटार दर्वुङफाँट ढाबे माझिटार घाटवेशी आरुघाट सडक स्तरोन्नतीका लागि १ करोड ७१ लाख र गण्डकी गाउँपालिका वडा नम्वर १ बुटार मकैसिङ ताङ्लीचोक सडक कालोपत्रेका लागि एक करोड रकम विनियोजन भएको छ ।

‘बोक्सेखोला कटहरबारी अमराइँ थुम्की सडक स्तरोन्नती, बञ्जराचोक लप्सीचौर थामडाँडा उखुबारी ढाँड मध्यपहाडी राजमार्ग जोड्ने सडक, मगर गाउँ साख्रा रानीखेत डुम्रेडाँडा सडक भोटकाटे बेतिनी गाईखुर हात्तिगौँडा सडक र तीनमानेबाट जुम्लीचौतारा तोरङ भार्तिचौर हुदैँ मनकामना मैदान सडक कालोपत्रेका लागि १/१ करोड रकम विनियोजन भएको छ,’ कार्यालय प्रमुख खड्काले भने ।

आँबुखैरेनी गोरखा सडक स्तरोन्नतिका लागि १ करोड ७१ लाख रकम विनियोजन भएको उनले जानकारी दिए । उनका अनुसार गोरखा क्याम्पस मान्द्रेढुंगा छेपेटार लामागाउँ वेनिखोला जरेबर सडक, देउलीघाट रातमाटे मुलावारी तिलारी भन्ज्याङ सेरा सडक, सिरानडाँडा सिस्ने अपुन ओलाङ सडक, बुटार मकैसिङ ताङ्लीचोक सडक (कालोपत्रे) र सिपाली बुढाखानी फोक्सिटार वनखुगोकुले भोर्लेनी महाभारत सडकका लागि पनि एक करोडका दरले रकम विनियोजन भएको छ ।

यता झिंगटे अश्राङ बोर्लाङ घाटवेशी आरुघाट सडक, नाम्जुङ घैरुङ बतासे तिनमाने जोड्ने सडक र ढोडेनी सौरपानी भण्डारी गाउँ सडक कालोपत्रेका लागि पनि १/१ करोड रकम बिनियोजन भएको छ । यता पन्थडिही कटहरे हर्मी साहिलटार सडक योजनाका लागि भने ४६ करोड रकम विनियोजन भएको सडक योजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्