
ठगी आरोपमा गुरुङ पक्राउ
ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा नगरपालिका–११ बस्ने ३९ वर्षीय पिटर गुरुङलाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गुरुङले गोरखा नगरपालिका वडा नं १२ दशकिलो बस्ने ४० वर्षीय जमुना कुमालको सुनका गर–गहना धरौटीमा राखीदिए वापत रकम लिएको र रकम बुझाएपछि पनि गहना फिर्ता नदिएको भन्दै पीडितले जाहेरी दिएपछि गुरुङलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
गुरुङबिरुद्ध ठगी सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।




