| आइतवार, कार्तिक २२, २०८३

माछापोखरीमा डुवेर पालुङ्टारका एक किशोरको मृत्यु

पालुङटार नगरपालिका–६ कालामाटामा रहेको माछापोखरीमा डुवेर एक किशोरको मृत्यु भएको छ । आइतवार दिउसो करिब एकबजेतिर स्थानीय १७ बर्षका विपिन नेपालीको डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।
साथीहरुसँग पोखरीमा पौडी खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । ‘उनी र उनका चार जना साथी मिलेर पौडी खेल्न गएका रहेछन्,’ डिएसपी श्रेष्ठले भने, ‘त्यही क्रममा डुवेर नेपालीको मृत्यु भएको जानकारी आएको छ ।’ नेपालीको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्