| आइतवार, कार्तिक २२, २०८३

वित्तीय प्रगति : धार्चेको ७५.९२ र भीमसेनथापाको ८१.७७ प्रतिशत

आर्थिक वर्ष २०८०÷८१ मा धार्चे गाउँपालिकाको वित्तीय प्रगति ७५.९२ प्रतिशत रहेको छ ।
पालिकाको १६ औँ गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले उक्त विवरण सार्वजनिक गरेका हुन् ।

पालिकाले कुल बजेट (५१ करोड ९२ लाख ९४ हजार) को ७५.९२ प्रतिशत अर्थात ३९ करोड ४९ लाख ५७ हजार खर्च भएको उल्लेख छ । चालु (प्रशासनिक) खर्चका लागि पालिकाले कुल बजेको ५८.८८ प्रतिशत अर्थात ३० करोड ५७ लाख ९० हजार रकम बिनियोजन गरेको थियो ।

जसमध्य ८१.६९ प्रतिशत (२४ करोड ९८ लाख १२ हजार) रकम खर्च भएको पालिकाले जनाएको छ । यसैगरी पालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि पूँजीगत (बिकास निर्माण) तर्फ कुल बजेटको ४१.१२ प्रतिशत अर्थात २१ करोड ३५ लाख रकम बिनियोजन गरेको थियो ।

जसको जम्मा ६७.६५ प्रतिशत (१४ करोड ४४ लाख ४५ हजार) रुपैँया मात्र खर्च भएको बताइएको छ । यसरी पालिकाले नीति निर्माण गर्दैमा बिकास निर्माणमा न्युन बजेट बिनियोजन गरेको र उक्त रकम पनि कम मात्र खर्च गरेको देखिएको छ । यता भीमसेनथापा गाउँपालिकाको वित्तीय प्रगति भने ८१.७७ प्रतिशत रहेको छ । पालिकाले आर्थिक वर्ष २०८०÷८१ मा चालु खर्चका लागि ४३ करोड रकम बिनियोजन गरेको थियो ।

जसमध्य ८७.८१ प्रतिशत रकम मात्र खर्च भएको पालिकाले जनाएको छ । पालिकाले चालु आर्थिक वर्ष कार्यालय संचालन, पदाधिकारी सेवा सुविधा, भत्ता लगायत प्रशासनिक क्षेत्रमा ३७ कारेड ७६ लाख रकम खर्च गरेको छ । यस्तै, बिकास निर्माणतर्फ

प्रतिक्रिया दिनुहोस्