| सोमवार, कार्तिक २३, २०८३

बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ

१६ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आरुघाट गाउँपालिका वडा नं ९ बगैंचा घर भई हाल गोरखा नगरपालिका वडा नं ७ बस्ने ४४ वर्षीय श्याम परियार पक्राउ परेका प्रहरीले जनाएको छ ।
बालिका ‘उ कुमारी’(नाम परिवर्तित)लाई विभिन्न अनैतिक कार्य गरी यौन दुव्र्यबहार गर्ने गरेको भन्दै प्रहरी कार्यालयमा परेको जाहेरी दरखास्तका आधारमा परियारलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी बिरुद्ध आईतबार बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्