| आइतवार, कार्तिक २२, २०८३

पुँजीगत बजेटको आकार र खर्च दर बढाऔँ

देशको विकास हुन राजनीतिक विकास हुनुपर्छ । साथै शिक्षा, चेतना, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा विकास हुनुपर्छ । भौतिकवादी दुनियाँमा यी सबै कुरा बजेटसापेक्ष हुन् । बजेट छ सबैको विकास छ, बजेट छैन, केही विकास छैन ।

तर नेपालको सन्दर्भमा बिडम्बना के छ भने विकासको बजेटभन्दा सञ्चालन खर्चका लागि बजेट झण्डै दोब्बर बढि हुने गर्छ । उदाहरणका लागि विकास बजेट ३० करोड भने सञ्चालनतर्फको बजेट ६० करोड भन्दा धेरै हुने गर्छ । अनि खर्च दर विश्लेषण गर्दा पनि चालुतर्फको खर्च झण्डै सतप्रतिशत हुन्छ तर पुँजिगत खर्च ६०, ७० प्रतिशत जस्तो हुने गर्छ ।

पालिकापिच्छेको तथ्यांक विश्लेषण गर्दा यस्तो तथ्य देखिन्छ । सिरानचोक गाउँपालिकाले गत आर्थिकवर्षमा ५८ करोड ७० लाख बजेट प्राप्त गरेकामा चालुतर्फ ४३ करोड ७० लाख र पुँजिगततर्फ जम्मा १९ करोड ३ लाख रुपैयाँ मात्र खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै बारपाक सुलिकोटले ५१ करोड ८० लाख प्राप्त गरेको बजेटमा पूँजीगतमा १७ करोड ८४ लाख र चालुतर्फ ४१ करोड ८६ लाख ६५ हजार खर्च गरेको छ । अजिरकोट गाउँपालिकाको बजेट ५० करोड रुपैयाँमध्य चालुतर्फ २८ करोड खर्च गरेको छ भने जम्मा १४ करोड ८८ लाख खर्च गरेको छ ।

यो दुई पालिकाको उदाहरण मात्र हो, सबै पालिकाको कूल बजेटमध्य पुँजिगत(विकास) बजेटभन्दा चालु(सञ्चालन) बजेट दोब्बर जत्तिकै धेरै हुने गर्छ । अनि खर्च प्रतिशत हेर्दा चालु झण्डै सबैजसो र पुँजिगततर्फ ५० प्रतिशत मात्र खर्च हुन्छ ।
अब चालु भन्दा पुजिँगतर्फको बजेट धेरै बाँडफाँट गर्ने परिपाटी बनाउनु पर्छ र खर्च दर पनि पुँजिगतको पनि चालु बजेटको जस्तै धेरै प्रगति गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्