
औषधी व्यवसायी संघ गण्डकी प्रदेशको सचिवमा श्रेष्ठ
स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको सचिवमा निर्वाचित भएका छन् । सोमवार पोखरामा भएको संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सचिवमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले उनका निकटतम प्रतिस्पर्धी जिवनराज सापकोटालाई ७ मतले पराजित गरेका थिए । श्रेष्ठले ४४ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी सापकोटाले ३७ मत ल्याएका थिए । गोरखा नगरपालिका ६ निवासी श्रेष्ठ नेपाल औषधी व्यवसायी संघ गोरखाका निवर्तमान अध्यक्ष समेत हुन् ।
अधिबेशनले केशरीप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा दयानीधि पौडेल, उपाध्यक्षमा लक्ष्मी नारायण पराजुली, महासचिवमा संजिव देवकोटा क्षेत्री, कोषाध्यक्षमा सुरेन्द्र कुमार अग्रवाल र उपकोषाध्यक्षमा यज्ञप्रसाद शर्मा चयन भएका छन् ।
सदस्यहरुमा स्मिलन श्रेष्ठ, दुर्गाप्रसाद अधिकारी, कमला भण्डारी, चन्द्रराज रेग्मी, उर्मिला बस्नेत रानाभाट, नरहरी पनेरु, नारायण मरासीनी, सोमबहादुर बयलकोटी र गणेशमान श्रेष्ठ रहेका छन् ।




