
१० पालिकाको अनुमानित बजेट सार्वजनिक, गोरखा नगरपालिकाको बजेट ९८ करोड ४६ लाख
गोरखा नगरपालिकाको आगामि आर्थिक बर्ष २०८१/८२ को बजेट ९८ करोड ४६ लाख रहेको छ । सोमवार नगर सभाको १४ औं अधिवेशनमा नगर उपप्रमुख मसलीमाया थोकरले उक्त रकमको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
आगामि बर्ष संघीय सरकारबाट ६२ करोड १२ लाख प्राप्त हुने अनुमान गरिएको छ । समानीकरण अनुदानतर्फ २१ करोड १७ लाख, सशर्त अनुदान (चालु) तर्फ ३७ करोड ४० लाख र पुँजिगततर्फ २ करोड ५ लाख र समपुरक अनुदानतर्फ १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको नगर उपप्रमुख थोकरले बताइन् ।
गण्डकी प्रदेश सरकारबाट ४ करोड २२ लाख प्राप्त हुने उनले जानकारी दिइन् । समानीकरण अनुदानतर्फ ३ करोड २२ लाख, बिशेष अनुदानतर्फ ४० लाख र समपुरक अनुदानतर्फ ६० लाख प्राप्त हुने अनुमान गरिएको उनको भनाइ छ ।
राजश्व बाँडफाँडतर्फ संघीय सरकाबाट ११ करोड ११ लाख, प्रदेश सरकारबाट १ करोड ७८ लाख र घरजग्गा रजिष्ट्रेसन वापत नगरबाट ८० लाख रकम संकलन हुने बजेटमा प्रस्तुत गरिएको छ । आगामि अव नगरको आन्तरिक आय ७ करोड १५ लाख रहने बताइएको छ ।
भीमसेन थापाको अनुमानित बजेट ५६ करोड ५७ लाख
भीमसेनथापा गाउँपालिकाको आगामि आर्थिक बर्ष २०८१/८२ को अनुमानित बजेट ५५ करोड ५७ लाख रहेको छ । सोमवार भएको गाउँसभामा उपप्रमुख अमृतादेवी वस्तीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
आगामि आर्थिक वर्ष संघीय सरकारबाट ४९ करोड ४७ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट चार करोड १० लाख प्राप्त गर्ने अनुमान गरिएको छ । त्यस्तै आन्तरिक तर्फ सात करोड ९० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
पालिकाको सोमबार सार्वजनिक गरिएको बजेट तथा कार्यक्रममा उपप्रमुख वस्तीले आउँदो आर्थिक बर्ष आर्थिक विकासतर्फ पाँच करोड ३० लाख २३ हजार रुपैयाँ खर्च गर्ने अनुमानित बजेट प्रस्तुत गरेकी छन् । त्यस्तै सामाजिक विकास तर्फ ३० करोड ५० लाख रुपैयाँ खर्च गर्ने, पूर्वाधार विकासतर्फ आठ करोड ७२ लाख रुपैयाँ खर्च गर्ने अनुमानित बजेट प्रस्तुत गरेकी छिन् ।
त्यस्तै वातावरण संरक्षण तथा विपद व्यवस्थापनतर्फ ७० लाख ८० हजार रुपैयाँ, संस्थागत विकास तथा सुशासनमा एक करोड ३ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा १० करोड ३० लाख रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ ।
बारपाक सुलिकोटको अनुमानित बजेट ६१ करोड ८७ लाख
बारपाकसुलिकोट गाउँपालिकाको आगामि आर्थिक बर्ष २०८१/८२ को अनुमानित बजेट ६१ करोड ८७ लाख ३० हजार रहेको छ । सोमबार भएको १५ औ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सनमाया गरुुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
आगामि आर्थिक वर्ष संघीय सरकारबाट २५ करोड १६ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ । समानीकरण अनुदानतर्फ १३ करोड २८ लाख, समपुरक अनुदानतर्फ १ करोड ५० लाख, बिशेष अनुदानतर्फ २ करोड ५० लाख, राजश्व बाँडफाँडतर्फ १० करोड ५७ लाख प्राप्त हुने अनुमान गरिएको पालिका उपाध्यक्ष गुरुङले जानकारी गराइन् ।
गण्डकी प्रदेश सरकारको बित्तिय समानीकरण अनुदानतर्फ १ करोड ८६ लाख ९३ हजार प्राप्त हुने अनुमान गरिएको उनले जानकारी दिइन् । ‘राजश्व बाँडफाँड बापत ८० लाख २० हजार, समपुरक अनुदानतर्फ ६० लाख, बिशेष अनुदानतर्फ ४० लाख र पालिकाको आन्तरिक आयबाट १ करोड ५२ लाख रकम प्राप्त हुने अनुमान छ,’ उनले भनिन् ।
चालु आर्थिक वर्षको नगद मौज्दातबाट २ करोड ४० लाख प्राप्त हुने अनुमान गरिएको उनले जानकारी दिइन् । रैथाने बाली प्रवर्तन, कृषि तथा पशुपन्छी बजारीकरण र मकै बाली प्रवर्तनका लागि आगामि आर्थिक वर्ष कृषि बिकास तर्फ सशर्तमा ३० लाख ३१ हजार र निशर्तमा ५८ लाख ४० हजार रकम विनियोजन गरिएको छ ।
कुल बिनियोजित निसर्त बजेटमा पूर्वाधार बिकास क्षेत्र तर्फ २३.३५ प्रतिशत रकम बिनियोजन गरिएको उपाध्यक्ष सनमाया गुरुङले बताइन् । यसैगरी, आर्थिक बिकास क्षेत्र तर्फ १५.२७, सामाजिक बिकास क्षेत्र तर्फ २८.७४, वन वातावरण तथा विपद क्षेत्र तर्फ २.७५, संस्थागत तथा सुशासन क्षेत्र तर्फ २.५० प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक तर्र्फ २६.९८ प्रतिशत रकम बिनियोजन भएको छ ।
आरुघाटको बजेट ५७ करोड २७ लाख
आरुघाट गाउँपालिकाको आगामी बर्ष २०८१/ ८२ को बजेट ५७ करोड २७ लाख रहेको छ । आइतवार भएको १५ औ गाँउसभामा उपाध्यक्ष कल्पना नेपालीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
सिरानचोकको ७५ करोड ६४ लाख
सिरानचोक गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट ७५ करोड ६४ लाख रहेको छ । सोमवारको गाउँसभामा पालिका उपाध्यक्ष रिता देवकोटाले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आव संघीय सरकारबाट ४६ करोड ७३ लाख प्राप्त हुने अनुमान गरिएको छ । समानीकरण अनुदानतर्फ १३ करोड, सशर्त अनुदानतर्फ ३० करोड ८३ लाख, समपुरक अनुदानतर्फ १ करोड ५० लाख र बिशेष अनुदानतर्फ १ करोड ४० लाख प्राप्त हुने उपाध्यक्ष देवकोटाले बताइन् । ८० लाख समपुरक अनुदान र २० लाख बिशेष अनुदान गरि गण्डकी प्रदेश सरकारबाट १ करोड बजेट प्राप्त हुने अनुमान गरिएको उनले जानकारी दिइन् ।
राजश्व बाँडफाँडमा संघीय सरकारबाट ९ करोड २१ लाख र प्रदेश सरकारबाट ६८ लाख २४ हजार प्राप्त हुने बजेटमा उल्लेख छ । आगामी आव पालिकाको आन्तरिक आय १ करोड १६ लाख रहने बताइएको छ ।




