| सोमवार, कार्तिक २३, २०८३

गोरखामा बालयौन दुव्र्यवहारको घटना बढ्दो

गोरखामा बालयौन दुव्र्यवहारको घटना बढेको पाइएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको तथ्याङ्कमा बालयौन दुव्र्यवहारको घटना बढेको पाइएको हो ।

सोमवार इन्सेकद्धारा आयोजित नेपाल मानव अधिकार बर्ष पुस्तकका लागी संकलित घटनाको अर्ध बार्षिक समिक्षा कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । इन्सेकको तथ्याङ्क अनुसार २०२४ जनवरीदेखि जुनसम्म बालिका बलात्कार तथा यौन दुव्र्यवहारको १६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १२ वटा बालिका बलात्कारका घटना रहेको बताइएको छ ।

मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष लालप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठ, मानव अधिकारकर्मी स्थानेश्वर दुवाडी, दिलबहादुर बस्नेत, सावित्री भट्ट, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्