
सेढाईँको नेतृत्वमा एकीकृत अनेशिसंको १५१ सदस्यीय जिल्ला परिषद घोषणा
एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला समन्वय समितिका अध्यक्ष गणेशराज सेढाईँको नेतृत्वमा १५१ सदस्यीय जिल्ला परिषद घोषणा गर्दै एकीकृत अनेशिसंको जिल्ला परिषद सम्पन्न भएको छ ।
संगठनमा आवद्ध चारसय भन्दा धेरै शिक्षकहरुको सहभागितामा शनिबार सदरमुकाममा शनिबार सो संगठनको जिल्ला परिषद सम्पन्न भएको हो । अध्यक्ष सेढाईँ अध्यक्षतामा सम्पन्न जिल्ला परिषदको उद्घाटन समारोहमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सहइञ्चार्ज हरिराज अधिकारी, एकीकृत अनेशिसंका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज अमर तमु, शिक्षक महासंघका केन्द्रीय सदस्य गोपालबाबु मरहट्टा लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा एकीकृत अनेशिसंका जिल्ला समन्वय समितिका अध्यक्ष गणेशराज सेढाइँले वैचारिक तथा सांगठनिक प्रतिवेदनका साथै भावी योजना प्रस्तुत गरेको थिए भने कोषाध्यक्ष मीनबहादुर नेपालीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
सोही कार्यक्रममा राजकाजी अधिकारीको नेतृत्वमा ११ सदस्यीय सहिद शिक्षक स्मृतिकेन्द्र जिल्ला समिति गोरखा पनि गठन गरिएको थियो ।





