
अस्ट्रेलियाका जोन घलेद्वारा लापुका दुई विद्यालयमा अक्षयकोष स्थापना
धार्चे गाउँपालिका वडा नं. ७ लापुका जोन घलेले दुई विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । हाल अष्ट्रेलिया बस्दै आएका घलेले लापुस्थित कालरात्री मावि र लापुवेशीको प्रभात किरण माविमा तीन/तीन लाखको अक्षय कोष खडा गरेका हुन् ।
विद्यालयको आन्तरिक आम्दानीको स्रोत केही नभएकाले दिर्घकालिन रुपमा सहयोग पुगोस् भनेर अक्षय कोष स्थापना गरिएको घलेलाई उद्धृत गर्दै वडाध्यक्ष राकेश गुरुङले बताए ।
अक्षय कोषबाट आउने ब्याजले विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृद्धि वितरण गरिने उनले जानकारी दिए । दुबै विद्यालय उनले बाल्यकालमा अध्यायन गरेका विद्यालयहरु हुन् ।




