| सोमवार, कार्तिक २३, २०८३

लिची ब्लकलाई प्रवद्र्धनमा कञ्जुस्याइँ नगरौँ

गोरखाको प्रमुख खेतीमध्य मानिने अलैँची खेती अहिले धरासायी भएर गयो । विशेषगरी अजीरकोट, सिरानचोकतिर गरिने यो खेती अहिले भाउ नपाएपछि क्रमशः अधोगतितिर लागिरहेको छ । अर्को प्रमुख विशेष खेतीका रुपमा रहेको सुन्तला हो । यो पनि बिगतमा भन्दा अहिले खस्किँदै गइरहेको छ । विशेषगरी ग्रिनिङ रोगले बगैँचै समस्यामा पर्न थाले पनि किसानलाई यसलाई पुन व्यूँताउन सकिरहेका छैनन् ।

अर्को प्रमुख खेतीमध्यको कर्फी पनि अपेक्षा गरेजस्तो फस्टाइरहेको छैन । दुखका साथ भन्नुपर्छ, गोरखाको गण्डकी गाउँपालिकाका किसानहरुले निकै उत्साहका साथ गर्ने गरेको तरकारी खेती पनि अहिले घट्दै गइरहेको छ । सँधै तरकारी खेती झुल्ने कौदी फाँटमा अहिले तरकारी देख्न पाइँदैन । किसानहरुले तरकारी छाडेर त्यहाँ अन्नबाली लगाउन थाले ।
तर गोरखामा विशेष खेती हुनेमध्य एक प्रमुख विशेषखेती अलैँची हो ।

उत्पादन पनि राम्रो, भाउ पनि राम्रो पाइने भएपछि अलैँची किसानहरु प्रफुल्ल छन् । यो सिजनमा लोकप्रिय मानिने लिची यतिबेला पालुङ्टार नगरपालिका ६, ७ र ८ का रातामाटे, डुँडाटार, विरुवाटार, पौवाटार, खत्रीटारहरुमा लटरम्म छन् । यो खेती भने सन्तोषजनक देखिएको छ । कैयौँ बगैँचा ठेकेदार(सप्लायर्स)ले खरिद गरिसकेका छन्, कतिपय बगैँचा ठेक्का लाग्ने क्रममै छन् । उचित भाउमा व्यापारीहरु बगैँचा नै किन्न आउने गरेपछि किसानहरु उत्साहित छन् ।

किसानहरु उत्साहित भएर गरिरहेको लिची खेतीलाई पालुङटार नगरपालिकाले लिची पकेट क्षेत्र घोषणा गरी कार्यक्रम लागु गरिरहेको थियो । पछि कृषि ज्ञानकेन्द्रले लिची ब्लक घोषणा गरी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । तर अहिले सो क्षेत्रलाई न पकेटका रुपमा न ब्लकका रुपका कायृक्रम लागु भएको छ । यसमा कुनै पनि कञ्जुस्याई नगरी लिची खेतीलाई प्रवद्र्धनात्मक कार्यक्रम गरौँ ।

प्रतिक्रिया दिनुहोस्