| सोमवार, कार्तिक २३, २०८३

तिब्बत प्रहरीले पक्राउ गरेको छेकम्पारका दुई युवाको अवस्था बुझ्न बजगाईको आग्रह

तिब्बत प्रहरीले पक्राउ गरेको छेकम्पारका दुई युवाको अवस्था बुझ्न सांसद राजेन्द्र बजगाईले सरकारलाई आग्रह गरेका छन् । आइतवार संसदमा बोल्दै उनले उनीहरु पक्राउ परेको कुरा सरकारलाई थाहा नहुनु दुखद भएको बताए ।

‘उनीहरुको अवस्था कस्तो छ ? कुन परिस्थितीमा जिवन गुज्रिरहेको छ ? जिउँदै हुनुहुन्छ की थाहा छैन । यसको लागी सरकारले के पहल गर्ने हो म परराष्ट्रमन्त्री ज्यू को ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

करिव डेढ महिनाअघि चुमनुव्री गाउँपालिका–७ लामागाउँका कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई तिब्बत प्रहरीले पक्राउ गरेको हो ।

तिब्बती भूमिबाटै पक्राउ गरेको स्थानीयले बताएका छन् । गम्भिर आरोपमा उनीहरु पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्