| सोमवार, कार्तिक २३, २०८३

जहाँ इच्छा त्यहाँ उपाय

उत्तरी गोरखा आफैमा भौगोलिक बिकटताले गर्दा ठगिएको क्षेत्र हो । शिक्षा, स्वास्थ्य, रोजगार लगायतका राज्यले दिने सेवा सुविधा पनि उपभोग गर्न त्यति सहज छैन स्थानीयलाई । थुप्रै अभावका बीच जिवन गुजारा गर्न बाध्य छन् उनीहरु । तर शैक्षिक क्षेत्रमा उनीहरुले देखाएको संक्रियता र लगाव भने प्रशंसनीय छ ।

धार्चे गाउँपालिकाको रुन्चेतमा रहेको गण्डकी आधारभूत बिद्यालयलाई स्तरोन्नति गर्न स्थानीय पहल सह्रानीय छ । स्थानीयकै संक्रियतामा दुई बर्ष देखि उक्त बिद्यालय प्रस्तावित माविको रुपमा संचालन हुदैँ आएको छ । त्यो बिद्यालय मात्र होइन धार्चे पालिकाभर रहेका कुनै पनि बिद्यालयमा मावि शिक्षकको दरवन्दी छैन । शिक्षकको तलव जुटाउने प्रतिवद्धता सहित अभिभावक जुटेपछि विगत दुई बर्षदेखि गण्डकी आधारभूत बिद्यालय प्रस्तावित माविको रुपमा संचालन हुदैँ आएको छ ।

माध्यमिकतहअध्ययनकालागीआफ्नाबालबालिका घण्टौ हिडेर गाउँबाट पर धाउनु नपरोस्भन्ने उनीहरुको चाहनाहो । बजार क्षेत्र जस्तो सो क्षेत्रमाबिद्यालयका दुरी नजिकहुदैनन् । कम्तिमादुई–तीन घण्टाको दुरीमाअर्काे बिद्यालय हुन्छ । त्यो पनि भिरको बाटो जोखिममोलेर जानुपर्ने बाध्यता । यहीबाध्यतालाई पन्छाउन रुन्चेतवासीले देखाएको संक्रियतालाई अरुले पनिअनुशरण गर्नुपर्ने देखिन्छ ।

यो एउटा उदाहरण मात्रहो । उत्तरी क्षेत्रकाअन्य केहीबिद्यालयमापनियहीअभ्यास छ । जे कुरामापनिअरुको मुखताक्ने प्रवृतिलाई यो अभ्यासले राम्रै पाठ सिकाएको छ । राज्यको मात्रमुखताक्ने प्रवृतिको अन्त्य हुनुपर्छ । स्थानीयआफै संक्रियभए धेरै समस्याको समाधानहुन सक्छ भन्ने यो राम्रो उदाहरण हो । त्यसैले गाउँको बिकासकालागी स्थानीयआफै जुट्नुपर्छ । र राज्यले पनि यस्ता क्षेत्रको बिकास र स्तरोन्नतीमाउपेक्षागर्नुहुदैन ।

प्रतिक्रिया दिनुहोस्