| आइतवार, कार्तिक २२, २०८३

ट्रयाक खोलेको १६ बर्षपछि कालोपत्रे

ट्रयाक खोलेको १६ बर्षपछि गण्डकी गाउँपालिकाको दर्वुङफाँटदेखि लाकुरीबोट दलभन्ज्याङ हुदैँ फिस्लिङ जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ । गोरखा सडक योजना कार्यालय मार्फत कालोपत्रेको काम अघि सुरु भएको हो ।

२०६५ सालमा उक्त सडकको ट्रयाक खोलिएको थियो । पृथ्वी राजमार्ग जोड्ने उक्त सडक २८ करोड ४९ लाख खर्चेर कालोपत्रे गर्न लागिएको कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले बताए । ‘करिव दश किलोमिटरको उक्त सडक कालोपत्रेका लागी रायमाझी नवकान्तिपुर जेभीसँग २०७९ साल असार १० गते सम्झौता भएको हो,’ उनले भने, ‘दुई बर्षभित्र काम सक्नुपर्ने छ, काम लगभग सम्पन्न हुने अवस्थामा छ ।’

पक्की नालासहित सडक कालोपत्रे भएको उनले जानकारी दिए । सडक कालोपत्रे भएसँगै स्थानीयलाई आउजाउ मात्र नभइ सो क्षेत्रमा उत्पादित कृषि उपजको ढुवानीमा समेत सहज हुने अपेक्षा गरिएको छ । पृथ्वी राजमार्ग अन्तरगतको बेनिघाट–फिस्लिङखण्डमा सडक अवरुद्ध भएमा सो सडक प्रयोग गर्न मिल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्