
आँबुखैरेनीमा गाँजासहित एक पक्राउ
आँबुखैरेनी प्रहरीले लागु औषध (गाँजा) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । राजमार्गको नियमित सुरक्षा चेकजाँचका क्रममा धादिङको गल्छी गाउँपालिका वडा नं ४ का ४६ वर्षीय मुकुन्द खड्कालाई इप्रका आँबुखैरेनीका प्रहरीले गाँजासहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा खड्काको साथबाट लुकाई छिपाई ल्याएको गाँजा भेटिएको हो । उनलाई पक्राउ गरी जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




