
गोरखामा व्यवसायीक पसल उद्घाटन
गोरखा नगरपालिका वडा नं. ७ मा रहेको बहुउद्देश्ययी भवनमा व्यवसायीक पसल उद्घाटन गरिएको छ । चिनारी बहुउदेश्ययी व्यवसायी सिकाई केन्द्रले सिप सिक्दै, सिकाउँदै र कमाउँदै भन्ने उद्देश्यले पसलको उद्घाटन गरिएको हो । शनिबार एक कार्यक्रमका बीच व्यवसायीक पसलको गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले उद्घाटन गरेका केन्द्रकी अध्यक्ष राम माया श्रेष्ठले जानकारी दिइन् ।
शनिबार नै केन्द्रको आव २०८०/०८१ को महिला लक्ष्ति कार्यक्रम अन्तरगतको तीन महिने आधारभूत तथा तीन महिने एड्भान्स सिलाई कटाई तालिम पनि समापन गरिएको उनले बताइन् । समापन कार्यक्रममा दुबै तालिमका उत्कृष्ट तथा सफल महिला उद्य्यमीलाई सम्मान समेत गरिएको छ । सफल महिला उद्यमी सुजता श्रेष्ठ, आधारभूत तर्फ चन्द्रकला लिम्बु र एड्भान्स तर्फबाट सिता देवी श्रेष्ठ सम्मानित भएका हुन् । तालिमा वडा भित्रका २१ जना महिलाको सकभागिता रहेको थियो । तालिमलाई सर्मिला श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।
वडाध्यक्ष श्रेष्ठको अध्यक्षता तथा मेयर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्यटन कार्यालय गोरखाका निमित्त शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई, कालिका महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष निर्मला श्रेष्ठ, मनिराम गाइने स्मृति प्रतिष्ठानका अध्यक्ष मंगल प्रसाद गान्धारीलगायतको उपस्थिति रहेको थियो ।




