| मङ्लबार, कार्तिक २४, २०८३

अजिरकोट गाउँपालिका ‘पुर्ण खोप सुनिश्चिता पालिका’ घोषणा

अजिरकोट गाउँपालिका ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा भएको छ । शनिबार स्वास्थ्य कार्यलय गोरखाले पालिकालाई ‘पुर्ण खोप पालिका’ घोषणा गरेकोे पालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए ।
कार्यालयले हरेक वर्ष १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुले १५ महिनाभित्र लगाउनु पर्ने सबै खोपहरु लगाए÷नलगाएको खोजी गर्ने गर्दछ । सो उमेर समुहका बालबालिकाहरुले १५ महिना अवधिमा लगाउनु पर्ने खोप छुटेको भए कार्यालयले पुनः उनीहरुलाई खोप लगाउने गरेको छ ।
पालिकाहरुले त्यस्ता बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई खोप लगाइदिने स्वास्थ्य कार्यालयको भनाई छ । सबै पालिकाहरुले खोप लगाउन छुटेका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई खोप लगाएसँगै त्यसको विवरण जिल्लामा पठाउने गर्दछ ।
जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षतामा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरुबाट प्राप्त विवरणलाई अनुगमन गरेर उनीहरुलाई पूर्णखोप पालिका घोषणा गर्ने गरेको छ । सबै पािलकाहरुको विवरण आएपछि जिल्लालाई ‘पुर्ण खोप सुनिश्चितता जिल्ला’ घोषणा गर्ने उदेश्य रहेको स्वास्थ्य कार्यलय गोरखाका खोप निरिक्षक नानीबाबु दानीले जानकारी दिए । जेठभित्र सबै प्रक्रिया पूरा गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी कार्यालयको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्