| मङ्लबार, कार्तिक २४, २०८३

पाँच स्थानीय तह पूर्ण खोप पालिका घोषणा

जिल्लाका पाँच वटा स्थानीय तह पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा भएका छन् । हालसम्म गोरखा र पालुङटार नगरपालिका, आरुघाट, धार्चे र बारपाक सुलिकोट गाउँपालिका पूर्ण खोप पालिका घोषणा भएका हुन् ।

अन्य पालिका घोषणाको तयारी रहेको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन नानीबाबु दानीले बताए । ‘जेठ महिनाभित्र सबै पालिका सकेर जिल्लालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य छ,’ उनले भने, ‘त्यही लक्ष्य अनुसार काम अघि बढेको छ ।’

उनका अनुसार पालिकाभित्र रहेका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पूरा गर्नुपर्ने सबै खोप पूरा गरे नगरेको सर्वेक्षण गरी लक्षित बालबालिकाले सबै खोप पूरा गरेको पाइएमा मात्र पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिन्छ । प्रत्येक बर्ष पालिकाहरुलाई पूर्ण खोप पालिका घोषणा गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्