| सोमवार, अशोज ११, २०८३

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा अर्याल

एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखा नगरपालिकाको तेस्रो नगर परिषद सम्पन्न भएको छ । शनिवार भएको परिषदले सुनिल अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा राजकुमार राई, महिला उपाध्यक्षमा अन्जना आले, उपाध्यक्षमा टेकबहादुर उपरकोटी, सचिवमा गणेशराज सापकोटा, अर्थसचिवमा दिपा राना मगर र सहसचिवमा बिक्रम भण्डारी चयन भएका छन् । सदस्यहरुमा चिरन्जीवी रेग्मी, सुमन बस्नेत, सुर्यबहादुर वाँनिया, शंकरबाबु खत्री, नारायण बिक, बिष्णुहरी वाग्ले, कृष्ण बसेल, रामबहादुर अच्छामी, जैवु निशा मिया, सुदिप उपरकोटी, नरोत्तम कट्टेल र सर्मिला कुवँर रहेका छन् ।

संगठनका निवर्तमान अध्यक्ष तेजबहादुर नेपालीको अध्यक्षता तथा गोरखा नगरपालिका फ्र्याक्सन इन्चार्ज लेखबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शिक्षक संगठनका गण्डकी प्रदेश उपाध्यक्ष बाबुराम बिश्वकर्मा, नेपाल शिक्षक महासंघ गोरखाका अध्यक्ष चुडामणी काप्री लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा टेकबहादुर उपरकोटी र अन्जना आलेले क्रमश सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्