
बारपाक सुलिकोटमा मुटु तथा हाडजोर्नीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न
बारपाक सुलिकोट गाउँपालिकामा मुटु तथा हाडजोर्नीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ बज्र मनासलुको आयोजना तथा बिज्ञान पोलिक्लिनिक प्रालि गोरखाको प्राविधिक सहयोगमा शिविर भएको हो ।
वडा नम्वर ७ पाँचखुवा देउरालीस्थित शैलुपुत्री माविमा भएको शिविरमा चार सय ३७ जनाले सेवा लिएको क्लबका बिनोद अर्यालले बताए । उनीहरुमध्ये ५१ जनाको मुटुको इको जाँच, १०५ जनाको भिडियो एक्सरे, ५५ जनाको मुटुको इसिजि र ३१ जनालाई ल्याव सेवा प्रदान गरिएको उनले बताए ।




