| सोमवार, कार्तिक २३, २०८३

तारको क्षमता बृद्धिसँगै विद्युत अनियमितता हटोस्

जिल्ला सदरमुकामका बिद्युतिय तारको क्षमता वृद्धिको काम अघि बढेको छ । यसअघि जडान भएका ३० वर्ग मिलिमिटर तारलाई हटाएर ५५ देखि १०० वर्ग मिलिमिटर जडान गर्न लागिएको बिद्युत प्राधिकरणले बताएको छ । सँगै बजार क्षेत्रमा अव्यवस्थित रुपमा झुण्डिएर नाङ्गो तारलाई पनि इन्सिुलेट गर्ने काम पनि भइरहेको छ ।

नाङ्गो तारबाट हुने दुर्घटना न्यूनिकरणमा सहयोग पु¥याउने प्राधिकरणको यो काम प्रंशसनीय नै छ । यसले जिल्लाको बिद्युत सेवा थप प्रभावकारी होला भन्ने अपेक्षा गरौ । यी सवल पक्षहरुको गुणगान गाउँदै गर्दा प्राधिकरणबाट भएका कमीकमजोरीहरु पनि उजागर गर्नु अनुचित नहोला । बिद्युत सेवा सम्बन्धी जिल्लावासीका धेरै गुनासाहरु छन् । बिना कारण बिजुली जाने प्राधिकरणको पुरानो रोग अझै उस्तै छ ।

यसबाट जिल्लावासीहरुले अझै छुटकारा पाउन सकेका छैनन् । यसबारे प्राधिकरणको ‘माथिदेखिकै समस्या हो’ भन्ने रेडिमेड जवाफ त छदै छ । झ्याप्प बिद्युत आउने जाने समस्याले धेरैको बिद्युतिय उपकरणमा क्षति पुगेको मात्र छैन सरकारी कार्यालयदेखि व्यापार व्यवसायसम्मको काम कारवाही प्रभावित बन्ने गरेको छ ।यता अव्यवस्थित रुपमा रहेका बिजुलीका नाङ्गा तारहरुबाट मानविय एवं पुशचौपायमा क्षति पुगेका घटनाहरुले पनि जिल्लामा स्थान पाइरहेकै छन् ।

यस्ता घटना हुनुको मुख्य कारण प्राधिकरणकै लापरवाही हो भन्दा फरक नपर्ला । यस्ता लापरवाहीको पनि अव अन्त्य हुनुपर्छ । प्राधिकरणले यसतर्फ गम्भिर हुनु आवश्यक छ । ढिलै भएपनि जिल्लामा बिद्युत सेवालाई थप प्रभावकारी बनाउन केही प्रयासहरु भएका छन् । तारहरुको क्षमता वृद्धिसँगै जिल्लामा देखिएका बिद्युत अनियमितता लगायतका समस्या समाधान होस् ।

प्रतिक्रिया दिनुहोस्