
गोरखा अस्पतालले सुरु ग¥यो आँखा जाँच सेवा
स्वास्थ्य सेवा बिस्तार गर्दै आएको गोरखा अस्पतालले आँखाको ओपिडी सेवा पनि सुरु गरेको छ । मंगलवारबाट आँखाको जाँच सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिदार्थ खनालले बताए ।
‘यसअघि अस्पतालमा आँखा जाँच सेवा थिएन,’ उनले भने, ‘आजबाट सेवा सुरु ग¥यौ ।’ प्रदेश सरकारको स्वास्थ्य कार्यक्रममा समावेश भए अनुसार आँखा जाँच सेवा शुरु गरिएको उनले जानकारी दिए ।
‘दृष्टि बिशेषज्ञ आश्मा मरासैनी हुनुहुन्छ, अव अस्पतालमै आँखाको नियमित ओपिडी सेवा, आँखाको बिभिन्न रोगको परिक्षण, चश्माको पावर जाँच, परामर्श लगायतका सेवा लिन सकिन्छ,’ उनले भने ।




