
रक्षक नै भक्षकका घटनाको सघन खोजी गरौँ
रक्षक नै भक्षक बनेका घटनाहरु यदाकदा समाचारमा आउने गरेका थिए । अझै आउन नसकेका त्यस्ता प्रकृतिको घटना हुनसक्छन् भन्ने अनुमान गरेर जिल्ला प्रहरी कार्यालय गोरखाले खोजपड्ताल गर्ने अभिप्रायले गतहप्ता अभियान सञ्चालन ग¥यो ।
देख्दा विद्यार्थीसंग प्रहरीको अन्तरक्रियाजस्तो देखिन्थ्यो ।
तर अन्तर्य गहन थियो : स्कूले बालबालिकाहरुमा हुने वा भइरहेका हिंसाका घटना खोज्ने, लागु औषध प्रयोग तथा कारोबारका सुक्ष्मत्तम अबस्था जान्ने आदि । नभन्दै प्रहरीले लक्षित घटनाको संकेत पायो । स्कूले उमेरका बालिकाहरु घरका आफन्तजन, विद्यालयमा पढाउनु गुरुगुरुजनहरुबाट यौन हिँसा तथा अन्य खालका दुव्र्यवहारका सिकार बन्ने गरेका फेला प¥यो ।
विभिन्न तकनिकी अपनाएर खोजबिन गर्दा प्रहरीले १८ वटा हिंसाका घटना फेला पारेको छ । तीमध्य छवटा घटना रक्षकबाटै भक्षकको व्यवहार भएको घटना हो । तीनवटा विद्यालयमा गुरुजनबाट, तीनवटा घरका आफन्तजनबाट । सुन्दै तीतो लाग्ने यस्ता घटना दण्डनीय हो । यसमा कसरी अघि बढ्नु पर्छ, प्रहरीले सुझबुझका साथ अघि बढ्नेछ ।
सदरमुकामका विद्यालयमा त यस्ता कटुघटना भेटिए, गाउँबस्तीका, दुर दराजका बालिकाहरु झन् कति पिडित बन्नु परेको होला, त्यसको पनि खोजबिन गर्नु अति जरुरी छ । सार्वजनिक गरुँ, मान्यजन, अझै रक्षकबाट भएको दुव्र्यवहार नगरु भित्रभित्रै कुण्ठा पालेर कति समयसम्म सहन सकिन्छ ? के ग्रामीण क्षेत्र, के सहरी क्षेत्र, धेरै कठोर अबस्थामा बालिकाहरु गुजारिरहेका हुनसक्छन् । यस्ता दमित घटनाले उनीहरुको मानसिक अबस्था क्षतविक्षत भइरहेको, भइसकेको हुनसक्छ ।
त्यसैले प्रहरीले बहुउपयोगी खालको विद्यार्थीहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई ग्रामीण भेगतिर पनि बिस्तार गर्नु आवश्यक छ । बाल अधिकार, बालबचाउ, बाल बिकास, बाल संरक्षण गर्ने खालको यस्तो कार्यक्रमको बालबालिकाको हितका निम्ति धेरै महत्वपूर्ण भूमिका रहन्छ ।




