| मङ्लबार, कार्तिक २४, २०८३

चट्याङका कारण बन्द भएको गोरखा अस्पतालको ल्याव सेवा संचालनमा

चट्याङका कारण बन्द भएको गोरखा अस्पतालको ल्याव सेवा संचालनमा आएको छ । सोमवार रातीबाट सेवा संचालनमा आएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् । गत बुधवार दिउँसो परेको चट्याङका कारण मेसिनहरुमा क्षति पुगेपछि ल्याव सेवा प्रभावित बनेको थियो ।

युरिया, एमिलेज, क्रिएटिनिन्, एलएफटी, सुगर, लिपिड प्रोफाइल, लायपेज, युरिकएसिड, क्यालसियम र एलडिएच टेस्ट रोकिएको थियो । मेसिन मर्मत भएसँगै सेवा संचालनमा आएको श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्