| आइतवार, कार्तिक २२, २०८३

कामको साधन धेरै होल्ड नगरौँ

जब आवश्यकता धेरै हुन्छ, तर स्रोत साधन कम हुन्छ अनि तनाब उत्पन्न हुन्छ त्यसैले भनिन्छ, जहाँ अभाव हुन्छ, त्यहाँ तनाब हुन्छ । यस्तै भएको छ गोरखा नगरपालिकामा । स्कूल बसको आवश्यकता जहाँतहीँ छ, तर बस एउटा मात्र छ । अनि कतिलाई पु¥याउने भन्ने अबस्थामा गोरखा नगरपालिका छ ।

जिल्लाकै एकमात्र सरकारी क्याम्पस गोरखा क्याम्पस सदरमुकाम बजारबाट झण्डै आधाघण्टाको पैदलबाटोको दुरीमा छ । तसर्थ त्यहाँका लागि एउटा र कुनै अति आवश्यक परेको विद्यालयका लागि एउटा गरी दुई स्कूलबस भारतीय दूतावासले गोरखालाई दिएको थियो । गोरखा क्याम्पसले बस लगेर सञ्चालन गर्न थालेको छ । तर एक महिना भयो, विद्यालयका लागि भनेर लिइएको बस थन्किएर बसेको छ ।

बिद्यालय छनोट गर्न नसक्दा भारत सरकारबाट अनुदानमा प्राप्त भएको ‘स्कुल बस’ एक महिनादेखि गोरखा नगरपालिकामै थन्किएको हो । कुन बिद्यालयलाई दिने भन्ने टुंगो नलाग्दा अन्योलता कायम नै रहेको हो । केही प्रधानाध्यापकहरुले सो बस आफूले पाउनका लागि लविङ गरिरहेका छन् । तर नगरपालिकाले भने अहिलेसम्म कुन विद्यालयलाई दिने भन्ने ठोस निर्णय गर्न सकेको छैन ।

बस पाउनका लागि मनासिब आधारहरुसहित निवेदन पेश गर्न नगरपालिकाले विद्यालयहरुलाई आग्रह गरेको छ । तर उपयुक्तमध्य कुन बढि उपयुक्त भन्ने छनौट हुन नसक्दा बस नगरपालिकामै थन्किएको हो । सो बस गत बैशाख २ गते भारतीय दुताबासले काठमाण्डौँमा एक कार्यक्रमका बीच गोरखा नगरपालिका र गोरखा क्याम्पसलाई स्कुल बस हस्तान्तरण गरेको थियो ।

अर्थमन्त्री बर्षमान पुन र भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त बस हस्तान्तरण गरेका थिए । तर झण्डै एक महिना हुदाँसम्म पनि नगरपालिकाले स्कुल छनोट गर्न सकेको छैन । अब विद्यालय छनौट गर्न धेरै ढिला गर्नु हुन्न । जुन विद्यालयले पाए पनि सदुपयोग गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्