
भेँडा चराउँदा भीरबाट लडेर घाइते भएकालाई सहयोगको याचना
भेँडा चराउँदा भीरबाट लडेर गम्भीर घाइते भएका चुमनुब्री ३ पाङसिङका चन्द्र गुरुङको उपचारका लागि आर्थिक सहयोग गर्न परिबारले अनुरोध गरेको छ । आर्थिक अबस्था अत्यन्तै कमजोर भएका २१ बर्षिय गुरुङको बिगत चारदिनदेखि राष्ट्रिय ट्रमा सेण्टर काठमाडौँको आइसियु कक्षमा राखेर उपचार भइरहेको छ ।
‘उ पनि भेँडा गोठालो हो । घरमा कमाइ गर्ने कोही पनि छैन’, घाइतेका आफन्त वुद्ध गुरुङले भने, ‘अस्पतालले कम्तिमा सात आठ लाख रुपैयाँ तयारी अवस्थामा राख्न भनेको छ तर परिबारसंग कत्तिपनि पैसा छैन ।’ तीनदिनदेखि सामाजिक सञ्जालमार्फत अनुरोध गर्दा एकलाख रुपैयाँ संकलन भएको उनले बताए ।
‘आर्थिक सहयोग गर्नका लागि हामीले वुद्ध गुरुङको कुमारी वैँकमा रहेको खाता नं. ०८२००४४३७८४००००१ मा रकम जम्मा गरिदिन अनुरोध गरेका छौँ’, उनले भने, ‘सहयोगी मनहरुबाट धेरथोर रकम जुटाउन सके एक २१ बर्षका युवाको जीवन जोगिने थियो भन्ने हाम्रो अपेक्षा छ । हामीले सामाजिक सञ्जालमा क्यूआरकोडसमेत राखेका छौँ ।’ थप जानकारी पाउन चाहनेले वुद्ध गुरुङको ९८४६७२७५४७ नंबरमा सम्पर्क गर्न पनि उनले बताए ।
गत वैशाख २७ गते दिउसो तीनबजेतिर पाङसिङको भीरबाट लडेर गुरुङ गम्भीर घाइते भएका थिए । उनको टाउको लगायत शरीरका विभिन्न अंगमा क्षति पुगेको छ । चारबजेतिर घाइते अबस्थामा भेटिएका उनलाई राती १० बजे उपचारका लागि काठमाडौँ लगिएको थियो ।




