| शुक्रबार, बैशाख १७, २०८३

सुनको सिण्डीकेट खारेज गर्न माग

पुरानो गहनाको भरमा सुनचाँदी ब्यबसायी

अनुपमा खनाल ः गोरखाका सुनचाँदी ब्यबसायीले सुनको माग धान्न पुरानै गहनाको भर पर्नुपरेको छ । राष्टूबैंकले माग अनुसार सुन उपलब्ध नगराउँदा ग्राहकको माग पुरा गर्न पुरानो सुनको भर पर्नुपरेको ब्यबसायीले बताएका छन् । सर्वसाधारणले बेचेको पुरानो गरगहनाले कारोबार धानेको सुनचाँदी ब्यबसायी संघ गोरखाका अध्यक्ष पर्व गौतम बताए । भुकम्पले भत्केको घर बनाउन धेरैजसो सर्वसाधारणले पुरानो सुन बेच्न ल्याएकाले पनि आफुहरुलाई कच्चापदार्थ आपुर्तिमा केहि सहज भएको ब्यबसायीले बताएका छन् । औसतमा सातामा २ सय २५ तोला पुरानो सुनको कारोबार हुने गरेको संघले जनाएको छ ।
राष्टू बैंकबाट गोरखाका ब्यबसायीले हप्तामा २ किलो सुन पाउछन् । त्यो सुन प्रत्येक ब्यबसायीको भागमा ३÷४ तोला पर्छ । तर माग भने त्यसको दोब्बर÷तेब्बर रहेको ब्यबसायी बताउँछन् । संघका अध्यक्ष गौतमले भने ‘माग भन्दा आपुर्ति कम रह्यो । अनि ग्राहकका रोजाई अनुसारको गहना कसरी दिने ?? ग्राहकले बेच्न ल्याएको पुरानो सुन गालेर नयाँ डिजाईनका गहना बनाएर बेचेका छौ । तर सधै पुरानो सुन कहाँ पाईन्छ र ?’ गौतम सुनचाँदी पसलका सञ्चालक समेत रहेका उनले भने ‘आफ्नो गर्जो टार्न पनि सर्वसाधारणले सुन बेचेका छन् । हाम्रो ब्यबसाय पनि त्यसमै टिकेको छ ।’ पर्याप्त मात्रामा सुन नआएकोले ग्राहकको रोजाई अनुसारका गरगहना दिन समस्या परेको राजु सुनचाँदी पसल हरमटारीका प्रोपाइटर राजु बराइलीले बताए । संघका महासचिव समेत रहेका उनले भने ‘अब तिज नजिकिदैछ ,अहिले डिजाईन पनि फेरिएका छन् । अहिलेदेखी नै गहना बनाएर राख्न पाए पो राम्रो ब्यापार गर्न सकिन्छ । हाम्रो ब्यबसाय धरासायी भैसक्यो ।’ राष्टूबैंकले सुनको कोटा नबढाए यहि अबस्थामा ब्यबसाय गर्नुको अर्थ नहुने संघका महासचिव बराइलीले बताए । उनले भने “कम्तीमा २० लाखदेखी झण्डै १ करोडसम्मको लगानीमा जिल्लामा सुन पसल सञ्चालनमा छन् । ग्राहकका माग अनुसार सामान दिन नसक्दा ब्यापारमा ह्रास आएको छ । कालीगढको तलब, बैंकको ब्याज,पसलको भाडा,आफ्नो ब्यबहार कसरी गर्ने ।” वैधानिक रुपमा सुन किन्न खोज्दा पनि नपाउँदा व्यवसायी र उपभोक्ता दुवै मर्कामा परेको उनले बताए । जिल्लाका व्यवसायीलाई बैंकले सातामा दिने २ किलो सुन पनि दुई चरणमा दिने भएकाले यसले साना व्यवसायीलाई कारोबार गर्न कठिन भएको संघको भनाई छ । संघका अध्यक्ष गौतमले भने “गाउँदेखी ब्यबसायी साथीहरु आउनुहुन्छ , एक लटमा ३÷४ तोलामात्र सुन भागमा पर्छ अनि उहाँहरु १५ देखी २० तोला सुनको माग गर्नुहुन्छ । बर्षायामको बेला आउजाउमा पनि समस्या । हामीले दुई लटमा सुन पाउने भएकाले उहाँहरु पनि दोहोरो आउजाउ गर्नुपर्ने भयो ।’ राष्ट्रबैंकबाट माग अनुसार सुन नपाउँदा ब्यबसाय धान्नकै लागी बाहीरी क्षेत्रबाट पनि महंगोमा सुन किन्नुपरेको केहि ब्यबसायीको भनाई छ । गोरखामा कम्तीमा पनि महिनामा १२ किलोसम्म सुन आबश्यकता पर्ने संघले जनाएको छ । राष्टू बैंकले निर्धारण गरेको मापदण्डअनुरुप विभिन्न बाणिज्य बैंकले दैनिक २५ किलो सुन आयात गरी व्यवसायीलाई वितरण गर्दै आएका छन् । त्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी कला व्यवसायी संघ र रत्न तथा आभूषण महासंघको सिफारीसमा देशभरका ब्यबसायीका लागी वितरण हुने भएकाले बजारमा सुनको अभाव हुने गरेको छ । त्यसैले कोटा बढाउन राष्टू बैंकसँग पटक(पटक माग गरे पनि त्यसको कुनै सुनुवाइ नहँुदा सुनको अभाव खेप्नु परेको ब्यबसायीहरु बताउछन् । जिल्लामा १ सय २० सुनचाँदी पसल रहेकोमा गोरखा बजारमा मात्रै करीब ४० पसल छन् ।

प्रतिक्रिया दिनुहोस्