
ट्राफिक सप्ताहको तेस्रो दिन यात्रु प्रशिक्षण र आरक्षण सिट अनुगमन
टूाफिक सप्ताह अन्तरगतको तेस्रो दिन बिहिबार जिल्लाभरका ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।
जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखा र दश वटा स्थानीय तहहरुको अस्थायी टूाफिक प्रहरी पोष्टहरुले छत तथा हुटमा यात्रु प्रशिक्षण कार्यक्रम संचालन गरेका थिए ।
उक्त कार्यक्रमबाट १५ सय ३४ जना लाभान्वित भएका जिल्ला टूाफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।
सप्ताहकै अवसर पारेर बिहिबार ग्रामीण सडक लक्षित ९ वटा कार्यक्रमहरु संचालन गरिएको छ । कार्यक्रममा सवारी चालक र यात्रुहरुलाई पर्चा पम्प्लेट वितरण गरी यात्रु र चालकलाई वाचन गर्न लगाएको थियो ।
यसैगरी, टूाफिक कार्यालयहरुले सवारी साधनमा स्टिकर टाँस कार्यक्रम, यात्रुहरुलाई माक्स वितरण र आरक्षण सिटको अनुगमन गरेका छन् ।
जिल्लाभर ८ वडा सवारीसाधनमा आरक्षण सिट अनुगमन गरिएको टूाफिक कार्यालय गोरखाले जनाएको छ ।




