| सोमवार, कार्तिक २३, २०८३

ठुलोरिपमा आगलागी, २ घर जलेर नष्ट, चालिसे चौतारामा तीन गोठ जल्यो

गोरखा नगरपालिका ५ ठुलोरिपमा आगलागी हुँदा २ घर जलेर नष्ट भएको छ । ठुलोरिपमा आज दिउँसो २ बजेदेखि भएको आगलागीबाट २ घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण मानवीय क्षती भने नभएको प्रहरीको भनाइ छ । अहिले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । नजिकैको जङ्गलबाट आएको आगोले गोनपा ५ ठुलोरिप निवासी रुपा रानाको दुई कोठे घर र भान्सा, पार्वती रानाको दुई कोठे घर र प्ुर्णबहादुर मगरको गोठमा पुर्ण क्षती भएको प्रहरीले जनाएको छ ।
यस्तै, आजै लागेको आगलागीका कारण पालुङटारमा ३ वटा गोठ जलेर नष्ट भएको छ । पालुङटार नगरपालिका वडा नं ९ चालीसे डाँडा स्थित इन्दिरा गुरुङ, फागु गुरुङ र रुद्र गुरुङको गोठ जलेर नष्ट भएको हो । विद्युतको तार सर्ट हुँदा घर नजिकै रहेको ३ वटा गोठहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण फागु गुरुङको गोठमा रहेको गाई जलेर मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्