| सोमवार, कार्तिक २३, २०८३

विपद्मा परेकालाई सघाउनु राम्रो

गोरखा नगरपालिकाले विपद्मा परेर मृत्यू भएकाको परिबारलाई राहतस्वरुप ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । पालिकाले हालसालै यससम्बन्धी कानून पारित गरेको छ । सोमबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापन कार्यविधि २०८० पारित गरेको छ । सोमवार बसेको गोरखा नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले उक्त कार्यविधि पारित गरेको थियो ।

कार्यविधि अनुसार विपदको घटनामा परी कसैको मृत्यु भएमा मृतकका परिवारले ५० हजार रुपैयाँ राहत रकम पाउने छन् । घाइतेको हकमा प्रतिव्यक्ति १५ हजार रुपैयाँ रकम उपलब्ध गराइने छ । विपदबाट पक्की घर पूर्ण रुपमा जलेर नष्ट भएमा तत्कालका लागि २५ हजार र आंशिक क्षति भएमा १५ हजार रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

च्ची घरको हकमा भने पूर्ण क्षति भएमा २० हजार र आंशिक क्षति भएमा १० हजार उपलब्ध गराइने बताइएको छ । पक्की टहरो पूर्ण रुपमा क्षति भएमा १० हजार र आंशिक क्षति भएमा ७ हजार राहत रकम उपलब्ध गराउने छ । कच्ची टहराको हकमा भने पूर्ण क्षति भएकाले ८ हजार र आंशिक क्षति भएकाले ५ हजार पाउने व्यवस्था भएको छ । घरको आँगन, पर्खाल र करेसा तथा अन्य क्षति भएमा ३ हजार राहत पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

आगलागीबाट परालको कुन्योलगायत अन्य क्षति भएमा १० हजार पाउने छन् । त्यस्तै विपदमा परी गाई, गोरु वा भैसी मरेमा १० हजारका दरले राहत रकम उपलब्ध गराइने छ । विपद्मा परेकालाई सहयोग गर्नु धेरै राम्रो भए पनि पुँजीवादी शैलीमा विभिन्न शीर्षक बनाएर रकम बाँड्ने कार्यक्रम उतिसारो राम्रो भने होइन ।

प्रतिक्रिया दिनुहोस्