| शुक्रबार, बैशाख १७, २०८३

रोट्रयाक्टले गर्दै छ गोरखामा पहिलो पटक सिजनल ¥याफ्टिङ

रोट्रयाक्टले गर्दै छ गोरखामा पहिलो पटक सिजनल ¥याफ्टिङ

दरौँदी ः गोरखामा पहिलो पटक सिजनल ¥याफ्टीङ हुने भएको छ । पर्यटकलाई आकर्षित गर्ने उदेश्यले रोट्रयाक्ट क्लव अफ गोरखा यही भदौ १५ र १६ गते सिजनल ¥याफ्टिङ गर्ने भएको हो ।
दरौँदी नदीमा सिजनल ¥याफ्टीङ गर्ने तयारी गरीरहेको क्लवका अध्यक्ष दिपेशसिंह बस्नेतले जानकारी दिए । ‘गोरखामा पहिलो पटक हामीले ¥याफ्टीङ गर्ने भएका छौँ’ उनले भने, ‘यसको लागि अहिले हामीले तयारी गरीरहेका छौँ ।’
क्लवले बिशेष गरी गोरखामा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले ¥याफ्टीङ गर्न लागेको उनले बताए । ‘हामी गोरखामा आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउन खोजि रहेका छौँ’ उनले भने, ‘त्यसैले हामीले दरौँदी नदीमा सिजनल ¥याफ्टीङ सञ्चालन गर्न खोजेका हौँ ।
जसबाट केही युवाहरुलाई रोजगार पनि हुने भयो साथै जिल्लामा पर्यटकहरुको पनि बृद्धि हुनसक्छ ।’ ¥याफ्टीङ गर्नका लागि सम्पूर्ण खर्च सहित प्रतिब्यक्ती दुई हजार रुपैँया लाग्ने उनले बताए । ‘हामीले सेवा ग्राहीहरुका लागि रात्रीकालीन बसोबासको ब्यवस्था समेत गरेका छौँ’ उनले भने, ‘हामीले ¥याफ्टीङ गर्न आउने हरुसँग टिकट बापत लिएको रकमबाटै उनीहरुको ¥याफ्टीङ गरी फर्कने तथा खाना खाजाको को पनि ब्यबस्था गछौँ ।’
गोरखामा पहिलो पटक ¥याफ्टिङ सुरु हुने भएकाले ¥याफ्टिङ गर्न प्राय सबै इच्छुक हुन सक्ने उनले बताए ।
क्लवले ¥याफ्टिङ गर्न आउने हरुलाई एकरात र एकदिन गरी दुई किसीमको टिकट दिने उनको भनाई छ ।
‘हामीले एक दिन र एक रातको गरी दुई प्रकारको टिकट प्रदान गछौँ’ उनले भने, ‘तर, कुन टिकट लिने हो त्यसै अनुसार पैसा लिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्