
लास काट्ने आरोपी धरौटीमा रिहा
दरौँदी ः काशिगाउँका भीम गुरुङको लास काटेका रोशन गुरुङ धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत गोरखाले गुरुङलाई एकलाख रुपियाँ धरौटी मा रिहा गर्ने आदेश दिएको श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिए । सोमबारको थुनछेक आदेशमा जिल्ला न्यायधीश वसन्तराज पौडेलले गुरुङलाई सो आदेश दिएका आचार्यले बताए ।
बोक्सी लागेर भीम गुरुङको मृत्यू भएको र सो बोक्सीको आरोप आफूहरुमाथि लगाइएको भन्दै काशिगाउँकी मीनकुमारी गुरुङ र काली गुरुङले रोशन गुरुङ विरुद्ध जाहेरी दिएका थिए ।
सोही जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालयले बोक्सीको आरोप बिरुद्धको मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । ुगुरुङको मृत्यू भएर चिहान डाँडामा दाहसंस्कार गर्न लगेपछि रोशन गुरुङ लगायतले काटेका थिए ।
त्यसपछि उत्पन्न परिस्थितिलाई साम्य गर्न प्रहरीमाथि गाउँलेले आक्रमण गरेका थिए । साथै बोक्सीको आरोप लागेका काली गुरुङ, मीनकुमारी गुरुङ लगायत माथि पनि हातपात भएको थियो । कुटपिट भएपछि उनीहरु असुरक्षित महसुस गरी गाउँबाट भोगेर चितवनमा आफन्तकोमा शरण लिन गएका थिए ।




