
चौधकिलोमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
चौधकिलोमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो आँबुखैरेनी सडकखण्ड अन्र्तगत गोरखा नगरपालिका वडाल नं ११ स्थित चौधकिलोमा गोरखाबाट बाह्रकिलो तर्फ जाँदै गरेको ग १३ प ९३२५ नंम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्न गईदुर्घटनामा परेको हो ।
दुर्घटनामा सिरानचोक गाउँपालिका वडा नं ७ बस्ने ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार मृतक अशोक गहतराजकी श्रीमती ३५ वर्षीय सिता गहतराज घाईते भएकी छिन् । उनको गोरखा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनााएको छ।




