| सोमवार, कार्तिक २३, २०८३

बुहारीमाथि जबरजस्ती करणी आरोपमा ससुरा पक्राउ


आफ्नै हाडनाता भित्रको बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका वडा नं ८ का ४१ वर्षीय द कुमार (नाम परिवर्तित) लाई आफ्नै हाडनाताभित्र बुहारी नाता पर्नेलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।


गत सोमबार ३५ वर्षीय ‘अ कुमारी’ (नाम परिवर्तित) को घरमा गई घाँटीमा खुर्पा राखी डरत्रास तथा धाकधम्की देखाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिवादी ‘द कुमार’ विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट पक्राउ गर्ने अनुमती लिई खोजतलास गर्ने क्रममा मंगलबार सिरानचोक गाउँपालिका वडा नं ८ बाट पक्राउ गरिएको प्रहरीको भनाई छ । उनलाई बुधबार जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्