
प्राचीन पुर्खाहरुको अनुकरणीय सीप
यदु अधिकारी :
मानव जातिले धर्तीमा जन्म लिएपछि प्रकृतिबाट धेरै ज्ञान, सीप हासिल ग¥यौ । मानवोचित र
पशुपन्छी हितको लागि धेरै कुराहरुको अनुसन्धान गर्दै सफल परीक्षण ग¥यो । विदेश र तराइ बाहेक पहाडी क्षेत्रमा बसोबास गर्ने मानव जातिले जीविकोपार्जनको लागि विभिन्न नयाँ कुराहरु पत्ता लगाई, प्रयोग गरी जीवनलाई सहज बनाएका थिए । ती हाम्रा पुर्खाहरु वास्तवमा वैज्ञानिक नै थिए । उनीहरुले
पत्ता लगाएका हरेक कुराबाट आजका वैज्ञानिकहरुले अगाडी बढेर अनुसन्धानमा सफलता हासिल गरेका छन् । ओडारमा बस्ने रुखका बोक्रा कपडा लगाउने, काँचो फलफूल खाने मानव जातिले दर्शनढुङ्गा, बाँसबाट आगोको आगोको आविष्कार ग¥यो । त्यसपछि हाम्रा प्राचीन पुर्खाहरुले घर, गोठ, भाँडा र नदी तर्ने साधनहरुको अनुसन्धान गरे । सर्वप्रथमत त मानवले बासस्थानको परिकल्पना गरे ।
मानिसले स्थायी बासस्थानको लागि घुमाउने घरको पकिल्पना गरे । भूकम्पबाट पनि सुरक्षित हुने अनुसन्धान ग¥यो । प्रकृतिबाट प्राप्त ढुबा,माटो, खर, स्याउला छाएर पछिमात्र ढुङ्गाले छाएर घर बनायो । वनको चाल्ने सिस्नु, उन, उनबाट
ओड्ने, ओछयाउने, लगाउने कपडा बनायो । कपासको धागो चर्खाबाट काटेर कपडा बुनेर जीविका चलायो । काठको झ्याल, ढोका, नाल, दलिन, डाडा, भाँटा ठाउँ बनायो ।
खरले छाएर सुरक्षितसँग
बस्यो । त्यसपछि मानवले माटाका भाडा प्रयोगमा ल्यायो, पानी खान घ्याम्पो, गाग्रो प्रयोग ग¥यो । खाद्यान्न सामग्री पनि मुसाबाट गाग्रोमा राख्यो । काठका ठेकी, गौवा, मोही पार्ने मदानी र गाठालाले
खर्च राख्ने बाँसको ठेडेसमेत बनायो । बाँसबाट सबै चिज बनायो ।
हलो भने बनाउन सकेन । काठको सिमाब, हर्पे, पुब, मदुस, सन्दुस, नापे, माना, पाथी आदि बनाए । त्यसैले गीत बनाए, बाँसले सबैको गर्छ भलो यसको एउटा हुदैन हलो, यो भनाइ लोकप्रिय छ । विस्तारै धातुबाट गालेर स्थायी भाडाकुँडा बनाए । गोठ बनाउनको लागि काठ, निगाला र बाँसको प्रयोग गरे । काठबाट घुरी, बेलेसी, साठा, बनाए । बाँसको साठा र निगालाबाट डाँडा, भकारी, चित्रा, बार्नको लागि बल्याब बनाए । निगाला र बाँसको चोयाबाट धेरै जीविकाको लागि डोको, थुम्सो, नाम्लो, डालो, मान्द्रो, नाबलो र चोयाबाट डोरी पनि बनाए ।
त्यसपछि पशुहरुको बासस्थानको लागि स्थायी भन्सार कटेरो बनाए । धनसार ढुङ्गा,माटो, काठ, खर प्रयोग गरेर बनाए । रातो माटोले पोतेर कमेरो लगाएर सुन्दर बनाए । कर्मीहरुले ढुङ्गामा बुट्टा हानेर आकर्षक बनाए । बुट्टा हान्ने चलन राजामहाराजहरुले काठ र ढुङ्गमा अनेक कलाकृतिमय बनाए । कतिपय ठाउँमा तलमाथि मानिस बस्ने र मुनि पशु बाँध्ने थारो समेत बनाए । भेडा, बाखा थुन्ने खोर काठ र निकाला बाँसबाट बनाए ।
खेतीपाती गर्नको लागि हलो, जुवा, दाँदे, लिड्को, डल्लेसो, कुटो, कोदालो आदि प्रयोग ग¥यो । धान र पाखे खेतीको बारीमा अनुसन्धान गरेर लगायो । फलफूल पनि अनुसन्धान गरेर बारीमा लगायो । कतिपय वनमा टिपेर खायो । रुखको घाँस काटन, हसियाँ, खुपा र खुकुरीको प्रयोग ग¥यो । अन्कन्टार कहाली लाग्दो भीर र रुखमा चढेर, जीविका चलायो । भीरको मह काढ्ने । सुरक्षाको लागि हातहतियार लिने र आफ्नो हितहुने सामान काट्ने काम पनि गरे ।
विषादी
फलफूलहरु उसले प्रयोग गरेन । जंगली जनावर हात्ती, घोडा, खच्चड, कुकुरलाई सधायो । गाई, भैंसी, चौरी, याक, झोप्पालाई सधाइ फाइदा लियो । दूध दुहेर खानेकुराहरु बनाए ।
यात्रा गर्नेहरुको लागि बासस्थान बनाए । पाटी, पौवा, धर्मशाला, कुवा र धारोको समेत व्यवस्था ग¥यो । पानीमा सुकेको काठ तैरिएको देखेर उसले सिमल, चाँपबाट डुङ्गा बनाएर आवतजावतलाई सहज बनायो । त्यसपछि साँधुराठाउँमा काठको नाल तेस्र्याएर पुल हाल्यो । स्वास्थ्यको लागि ठीक हुने बन औषधीको अनुसन्धान ग¥यो । वन र पाखा पखेरामा पाइने जडीबुटीहरुलाई मानव स्वास्थ्यको लागि रोग लाग्दा उपचार गर्न थाल्यो । प्रकृति माताले मानव र पशुपंक्षीलाई धेरै उपहार दिएकी छिन् ।
त्यसैलाई प्रयोग गरेर मानव जाति आज चन्द्रामा, मंगल गंहमा पुग्न सफल भएको छ । चरा उडेको देखेर हवाइ जहाज बनायो । मानवले सुख सुविधाको लागि पुर्खाको अनुसन्धानको प्रयोग गर्दै आज संसार विचरण गर्न सफल भएको छ । मानव जाति खान र लाउन मात्र सन्तोष मान्ने जाति होइन, उसले प्राकृतिक वातावरण अनुसार चाडपर्व र धार्मिक कार्यहरु गर्ने, धातुका गरगहना लगाई सिंगार पटार गरेर रमाउँछन् ।
ठाउँ अनुसारको भेषभूषा, गीत भजन, बालन, सोरठी, घाटी, जात्रा मनाउने
गर्दछन् । मानव जातिले आफ्नो पुर्खाको मृत्युपश्चात विभिन्न पितृ कार्य पनि ग¥यो । धार्मिक आस्था
अनुसार पितृहरुको उद्धार गर्ने काम गरेको छ ।
आज मानवले धेरै क्षेत्रमा प्रगति र उन्नति गरेको छ । यो सबै प्रेरणाको श्रोत हाम्रा प्राचीन पुर्खा
नै हुन् । पुर्खाहरुले सिकाएका सीपहरुलाई पुस्तान्तरण गरे राख्न सकेमा भविष्यमा समाज समुज्वल हुनेछ । आजका यी सबै सुखसुविधा प्राप्त गर्न हाम्रो पुर्खाहरुको सीप हस्तान्तरण नै मुख्य कुरा हो भन्दा कुनै अत्युक्ति पर्दैन होला ।




