| मङ्लबार, कार्तिक २४, २०८३

मलद्वारमा बोत्तल अड्किएको एक महिनापछि शल्यक्रिया गरेर निकालियो

गोरखा नगरपालिका–३ नारेश्वरका ५७ बर्षीय एक पुरुषको मलद्धारमा बोत्तल अड्किएको एक महिनापछि निकालिएको छ । आइतवार गोरखा अस्पतालमा शल्यक्रिया गरेर बोत्तल निकालिएको हो ।

‘उहाँको मलद्वारमा एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको रहेछ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिदार्थ खनालले भने, ‘अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको रहेछ । करिव तीन घण्टाको अप्रेशन पश्चात बोत्तल निकाल्न सफल भयौ ।’

उनको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको उनले जानकारी दिए । ‘बोत्तल अड्किएको लामो समय भएकाले पेटमा संक्रमण पनि फैलिसकेको रहेछ, हामीले त्यो पनि सफा गरिदियौ,’ उनले भने ।

सर्जन डा. दिपेन्द्र सिं र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् । बिरामीको हाल आइसियू कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्