| मङ्लबार, कार्तिक २४, २०८३

आँखा जाँच शिविरमा एक सय बढीले सेवा लिए

गोरखा नगरपालिका–५ स्वाँरास्थित गोरखकाली आधारभूत बिद्यालयमा एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ । गोरखा नेत्रहिन संघ, गोरखा लायन्स आँखा सेवा केन्द्र र नेपाल नेत्रहिन संघ पुनस्र्थापना कार्यालय गोरखाको संयुक्त आयोजनामा शिविर भएको हो । आइतवार भएको शिविरमा १ सय ३१ जनाको आँखा जाँच गरिएको छ ।

आँखा जाँच गराएकामध्ये नौ जनामा मोतियाविन्दुको समस्या देखिएको बताइएको छ । उनीहरुको यही बैशाख १९ गते गोरखा लायन्स आँखा सेवा केन्द्रमा निशुल्क शल्यक्रिया गरिने संघले जनाएको छ । शिविरमा सेवा लिन आएकामध्ये ८५ जनालाई औषधी समेत निशुल्क वितरण गरिएको संघका फिल्ड अधिकृत प्रेम महर्जनले बताए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रजंग शाहको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक शान्तामाया श्रेष्ठ, गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत बिश्वप्रकाश अर्याल, बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामशरण वानिया लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्