| सोमवार, कार्तिक २३, २०८३

जवरजस्ती करणी आरोपमा पक्राउ परेका थापा कारागार चलान

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरुघाट गाउँपालिका वडा नं. ८ रातमाटेका चित्र बहादुर थापालाई कारागार चलान गरिएको छ । ४० बर्षीय थापालाई गोरखा जिल्ला अदालतको आदेश अनुसार आइतबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी ३२ बर्षीया महिलालाई गत फागुन २९ गते जवरजस्ती करणी गरेको आरोपमा थापा पक्राउ परेका हुन् । उनलाई सोही दिन पक्राउ गरी पीडितको आफन्त मार्फत जाहेरी दरखास्तसहित फागुन ३० गते जिल्ला प्रहरी कार्यलय गोरखामा पठाइएको थियो । उनी बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्