
सामुदायिक बिद्यालयका करिव दुई सय बिद्यार्थीलाई छात्रवृत्ति वितरण
गोरखाली समाज यूकेले जिल्लाका १९ वटा सामुदायिक बिद्यालयका करिब दुई सय जना बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । बिभिन्न स्थानीय तहका बिद्यालयहरुमा अध्ययनरत जेहेन्दार र आर्थिक रुपमा विपन्न बालबालिकालाई लक्षित गरी छात्रवृत्ति वितरण गरिएको संस्थाले जनाएको छ ।
शुक्रवार एक कार्यक्रमका बीच समाजका अध्यक्ष जयप्रकाश गुरुङ र कोषाध्यक्ष भिमप्रसाद गुरुङले छनोट भएका बिद्यालयका प्रधानाध्यापकलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक हस्तान्तरण गरेका छन् । बिद्यार्थीलाई लक्षित गरी उक्त सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक शरण श्रेष्ठले बताए ।
उनका अनुसार समाजले सन् २०१८ देखी जिल्लाको सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।




