
सुनको गहना र नगद चोरीको आरोपमा एक व्यक्ति पक्राउ
सुनको गरगहना र नगद चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत इस्लामपुर–८ रक्सौल पुर्वी चम्पारण बिहार घर भई हाल गोरखा नगरपालिका–८ सिमलगैरी बस्ने ३२ बर्षीय मोहम्मद जफर रहेको प्रहरीले जनाएको छ ।
वुधवार बिहान करिव दश बजेको समयमा गोरखा नगरपालिका–८ पेट्रोलपम्पस्थित रामकुमारी भट्टको घरको कोठा फुटाई सुनको रिङ, हार, झुम्का, चुरा, सिक्री र टप एक/एक थान र नगद दश हजार चोरी भएको थियो । सँगै सामसुङ कम्पनीको मोवाइल समेत चोरी भएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए ।
चोरी गर्नेहरुको खोजी गर्दै जादाँ जफरलाई हराएको मोवाइल सहित फेला पारेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । जफर बिरुद्ध नकवजनी चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । चोरीमा संलग्न अर्का एक जना भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




