
सभ्य रुपमा मनाऔँ होली
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको होली पर्वलाई रंगहरुको पर्व पनि भनिन्छ । बिभिन्न पर्वहरुमध्ये बसन्त ऋतुको आरम्भमा मनाइने यो पर्वको छुट्टै महत्व छ । असत्यमाथि सत्यको सधै जीत भएको खुशीयालीमा मनाइने यो पर्व पछिल्लो समय भड्किलो बन्दै गएको छ । पर्वको नाममा बिकृती पनि थपिदै गएको छ । रङको नाममा रसायन प्रयोग गर्ने गरेका छन् । यसले हाम्रो शरीर र स्वास्थ्यमा नकरात्मक असर पु¥याउछ भन्ने कुरा बिर्सनु हुदैन ।
सामाजिक सदभाव राख्दै सभ्य रुपमा मनाउनु पर्ने होली पर्वको शैली नै आजभोली परिवर्तन भएको छ । रसायनयुक्त रंगको प्रयोग बढी हुन थालेको छ । यसले छाला पोल्ने, एलर्जी हुने, इन्फेक्सन हुनका साथै यस्ता रंगले छालालाई सुक्खा र रुखो बनाइदिन्छ । यस्ता रसायनयुक्त रंगमा मिसिएका तत्वहरुले एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ । यो त रंगको पाटो भयो । यता पर्वको नाममा मादक पदार्थ सेवन गर्ने र होहल्ला गरी शान्ति खलवलाउने जस्ता गतिविधि पनि पछिल्लो समय बढ्दै गएको छ । झै–झगडा गर्ने र अपराधिक क्रियाकलापमा समेत संलग्न हुने सम्भवना पनि युवापुस्तामा देखिन्छ । त्यसैले पर्वको नाममा यस्ता उश्रृंखल गतिविधीहरु नियन्त्रण गर्नुपर्छ ।
सभ्य रुपमा होली मनाउन जिल्ला प्रशासनले आग्रह समेत गरेको छ । त्यसैले होलीलाई रमाइलोकै रुपमा भावी दिनमा समेत यसको दुस्प्रभावबाट बच्ने गरी मनाउनुपर्छ । सभ्य र सरल रुपमा होली मनाउनुपर्छ । इच्छा विपरित रंग दल्ने वा लोला हान्ने, दुषित पानी र रसायनयुक्त रंग प्रयोग गर्ने जस्ता कार्य नगरौ । अन्यथा कानुनी कारवाहीमा परिएला । बेलैमा सचेत बनौ ।




