| सोमवार, कार्तिक २३, २०८३

गण्डकी गाउँपालिका ६ बन्टारमा जिप दुर्घटना, चार जना घाइते

गण्डकी गाउँपालिकामा जिप दुर्घटना हुदँ चार जना घाइते भएका छन् ।

गण्डकी गाउँपालिका वडा नम्बर ६ बन्टारबाट चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङ बजार तर्फ यात्रु र तरकारी बोकेर जाँदै गरेको बा १९ च ८६५ नम्बरको बलेरो जिप मङ्गलबार बिहान १०ः३० बजे ब्रेक फेल भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ ।

घाइतेहरुको उद्धार पश्चात फिस्लिङ स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्