| आइतवार, कार्तिक २२, २०८३

ताप्लेका २१ कृषकलाई गोरखा नगरपालिकाद्वारा पाडी वितरण

गोरखा नगरपालिकाले नगरपालिकाको वडा नं १ स्थित दलित जनजागरण समूहका कृषकहरुलाई भैँसीको पाडी वितरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख कृष्ण रानाले किसानहरुलाई पाडी वितरण गरेका हुन् । दलित समुदायको जीबिकोपार्जनका लागि समूहमा आबद्ध २१ परिवारलाई पाडी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को ‘एक घर एक पाडी’ कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम संचालन गरिएको गोरखा नगरपालिका पशु शाखाकी टंक कुमारी पुर्जाले जानकारी दिइन् । गतवर्ष पशुचौपायामा देखिएको लम्पीस्किन रोगका कारण क्षति ब्यहोरेका क्षतिबाट अति विपन्न किसानको आर्थिक स्तर उकास्न यो कार्यक्रम संचालन गरिएको उनले बताइन् ।

‘अघिल्लो वर्ष रोगको कारण कार्यक्रम अघि बढेन, यो वर्ष भने अघिल्लो वर्षकै कार्यक्रमलाई निरन्तरता दिएका हौँ’, उनले भनिन् । नगरपालिकाले वडा नं १ ताप्लेको दलित जनजागरण समूहमार्फत कार्यक्रम संचालन गरिएको हो । नगरपालिकाले करिब ५ लाख रुपैँया लागतमा सो कार्यक्रम संचालन गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्