
पर्यटन उद्योग कार्यालय गोरखाद्वारा प्रविधि हस्तान्तरण
पर्यटन तथा उद्योग कार्यालय गोरखाले विभिन्न व्यवसायीहरुलाई प्रविधि सामग्री वितरण गरेको छ । कार्यालयको २०८०÷०८१ को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत बुधबार उक्त सामग्री वितरण गरिएको हो ।
२३ जना व्यवसायीहरुलाई प्रविधि सामग्री वितरण गरिएको कार्यालयका प्रमुख सूर्य भुजेलले बताए । वितरण गरिएको सामग्रीमा १५ थान डिजिटल सिलाई मेसिन, ६ वटा कम्बाइन मिल र २ वटा मिनि ट्रिलर रहेका छन् ।कार्यक्रममा कार्यालयका प्रमुख भुजेलले प्राप्त भएका मेसिन तथा औजारहरु तीन वर्ष सम्म बिकी गर्न नपाउने बताए ।
यस्तै तीनवर्षभित्रमा आफूले गरेको व्यवसाय तथा सञ्चालनमा रहेका फर्म पनि बिकी गर्न नपाउने तथा प्राप्त सामग्री भाडामा समेत दिन नपाउने गरी व्यवसायीहरु सामु ३ वटा सर्त राखेका थिए । वितरण गरिएका मेसिन तथा औजारहरुको ६/६ महिनाको अविधामा अनुगमन समेत गरिने उनले जानकारी दिए ।
कार्यालयका प्रमुख सूर्य भुजेलको अध्यक्षता एवम जिल्ला समन्वय समितीका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, चेम्बर अफ कर्मस गोरखा अध्यक्ष भाइचन्द्र श्रेष्ठ, टेलरिङ व्यवसायी संघ गोरखाका अध्यक्ष बिकास बाबु परियार, पत्रकार महासंघ गोरखा शाखाका कार्यबहाक अध्यक्ष नरेन्द्र ढकाल र व्यवसायी अर्मत परियारलगायतले मन्तव्य राखेका थिए ।




