
गोरखामा १० वटा बिद्युतीय माइक्रो आउँदै, गोरखा काठमाडौ सेवा दिने
गोरखा काठमाडौ सेवा दिने गरी जिल्लामा दश वटा बिद्युतीय हायस माइक्रो आउने भएको छ । १६ सिटको उक्त माइक्रो आइतवार जिल्ला आइपुग्ने गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ । ‘माइक्रो काठमाडौ आइपुगिसकेको छ’, प्रालिका अध्यक्ष नारायण खत्रीले भने, ‘भोलि कालो प्लेट बनाएर रुट पर्मिट लिने काममा लाग्छौँ ।’
सोमबारबाट सेवा सुरु गर्ने बताउँदै उनले थपे, ‘त्यो बेलासम्म रुट पर्मिट नआएपनि गोरखा खैरेनीसम्म चलाउँछौँ, पर्मिट आएपछि गोरखा काठमाडौँ गर्छाैँ ।’ एसी र एयर व्याग सहितको उक्त बिद्युतीय माइक्रोका सिटहरु आरामदायी रहेको समेत उनले दावी गरे । फोल्डिङ सिट भएकाले पनि यात्रा आरमदायी हुने उनको अपेक्षा छ । गोरखा पोखरा पनि बिद्युतीय माइक्रो संचालनको तयारी भइरहेको उनले जानकारी दिए ।




