| सोमवार, कार्तिक २३, २०८३

आगलागीबाट अजिरकोटमा एक घर जलेर नष्ट

अजिरकोट गाउँपालिका–१ धन्सिरा स्थित सुकबहादुर गुरुङको घरमा आगलागी भएको छ । मंगलवार दिउँसो अचानक आगलागी हुँदा जस्ताले छाएको एक तले घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘घरमा कोही नभएको बेला आगलागी भएको रहेछ,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘मानवीय र पशुचौपायको क्षति भने भएको छैन ।’ आगलागीबाट घरभित्र रहेको लत्ता–कपडा र अन्नपात भने पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए ।

आगलागीको कारण भने नखुलेको बताइएको छ । यता धार्चे गाउँपालिका–५ सिङ्लामा पनि एक घरमा आगलागी भएको छ । गत शनिवार भएको आगलागीबाट स्थानीय अन्तरी गुरुङको घरमा क्षति पुगेको छ । पीडित परिवारलाई विपद व्यवस्थापनको राहत सामग्री वितरण भएको छ । वडा कार्यालयले मंगलवार उनीहरुलाई राहतका सामग्री वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्