| आइतवार, कार्तिक २२, २०८३

डल कुशन बनाउने तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नम्वर ७ मा संचालन भएको डल कुशन बनाउने तालिम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाको सिप बिकास तालिम अन्तरगत १६ गतेबाट संचालन भएको तालिमको आइतवार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

१२ दिनसम्म संचालन भएको तालिममा २१ जनाको सहभागीता रहेको थियो । तालिम अवधिभर सुस्मा गुरुङले सहजिकरण गरेकी थिइन् । कार्यालयका प्रमुख सुर्य भुजेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पत्रकार महासंघ गोरखाका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकाल, चिनारी बहुउद्देश्यीय सिकाई केन्द्रकी अध्यक्ष राममाया श्रेष्ठ, सहभागीको तर्फबाट अप्सरा केसी बानियाँलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सिकेको सीपको सही ठाउँमा सदुपयोग गरी तालिमलाई दैनिक तथा व्यवहारिक जीवनमा उपयोग गर्न सहभागीहरुलाई आग्रह गरेका थिए । सोही तालिम अन्तरगत तीन दिने उद्यमशिलता बिकास तालिम समेत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्