| सोमवार, कार्तिक २३, २०८३

हिमाल आरोही महिला गोरखाको शिरशोभा

चुमनुब्री ७ छ्योकङकी फुन्जो झाङ्मु लामाले सगरमाथासहित आठ हजारभन्दा अग्ला मनास्लु र चोयु हिमालको पनि सफल आरोहण गरिन् । सगरमाथा आरोहण गर्ने महिलाको सूची त लामै हुनसक्छ, तर उनले सगरमाथा आरोहण गरेर गिनिजबुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ज गरिसकेकी छिन् । सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रुपमा उनले गिनिज बुकमा रेकर्ड समेत बनाइसकेकी छन् । उनको योगदानको मूल्यांक गर्दै सरकारले विभिन्न पनि विभिन्न पदमा नियुक्त गरेको छ, अभिनन्दन, सम्मान, कदर गरेको छ । उनी स्वीजरल्याण्डका लागी पर्यटन सद्भावना दूत समेत हुन् ।

हिमाल चढेर साहसिक रेकर्ड कायम गर्ने दौडमा छिन्, गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठ । उनले सगरमाथासहित आठ हजारभन्दा अग्लो आठवटा हिमाल आरोहण गरिसकेकी छन् । सगरमाथा आरोहण गर्ने अर्की हुन्, धार्चे ५ गुम्दाकी नानूमाया गुरुङ । उनले पनि आठहजार मिटरभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छिन् । सगरमाथा र मनास्लु आरोहण गरेकी हुन् । त्यस्तै आठहजार मिटरभन्दा अग्लो सामागाउँकी डिकी ल्हामु हुन् । उनीहरु चारै जनालाई गण्डकी प्रदेश सरकारले अभिनन्दन गरेको छ । साहसिक महिला भनेर र आरोही महिला भनेर उनीहरुलाई सम्मानित गरेको हो ।

उनीहरुलाई जनही नगद ५० हजार सहित कदरपत्रले सम्मान गरिएको हो । सगरमाथा र आठहजार मिटरभन्दा अग्ला अरु हिमाल आरोहण गर्ने महिलाहरु गोरखामा अरु पनि छन् । सामागाउँकी नाग्स्याल छेदेन, उहियाकी अर्की युवतीले पनि सगरमाथा आरोहण गरेका छन् । हिमाल आरोहणजस्तो साहसिक काम गरेर चर्चित बन्ने उनीहरुको अभिलाशालाई सबैले सबै ठाउँबाट अभिनन्दन गर्नै पर्छ । उनीहरु भनेका गोरखाली रत्न हुन्, गोरखाका लागि शिरशोभा हुन् ।

प्रतिक्रिया दिनुहोस्