| सोमवार, कार्तिक २३, २०८३

बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–५ बस्ने ४६ बर्षका राम गुरुङलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बैदेशिक रोजगार सम्बन्धी कसूरमा गुरुङलाई बैदेशिक रोजगार न्यायाधीकरणबाट २०७३ साल चैत्र १५ गते तीन बर्ष कैद र तीन लाख जरिवाना तोकिएको थियो ।

त्यसयता फरार रहेका गुरुङलाई सोमवार पक्राउ गरी अदालतको आदेश बमोजिम कैद र जरिवाना असुल उपरका लागि जिल्ला कारागार पठाइएको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्